Like us!
Follow us!
Connect us!
Watch us!

दुई म्युचुअल फन्डलाई इकाई निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, १५ : ३२ मा प्रकाशित

दुई म्युचुअल फन्डलाई इकाई निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुईवटा म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ।  

सेबोनले ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ र ‘एनएमबि सरल बचत फन्ड–ई’लाई निष्कासन अनुमति दिएको हो।

सेबोनका अनुमतिसँगै अब मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने मुक्तिनाथ म्युचुअल फन्ड–१ का १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिनेछ।

यो योजनाको व्यवस्थापकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यसैगरी एनएमबि म्युचुअल फअन्तर्गत सञ्चालित हुने मुक्तिनाथ सरल बचत फन्ड–ईका २० करोड रुपैयाँबराबरको इकाइ जारी हुनेछ। जसअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल २ करोड इकाइ बिक्री खुला गरिनेछ।

यो योजनाको योजना व्यवस्थापकमा एनएमबि क्यापिटल रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको