Like us!
Follow us!
Connect us!
Watch us!

यी पाँच बैंकको सेयर किन्दा अझै पाइनेछ लाभांश,कुनको कति ?

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १२ : १९ मा प्रकाशित

यी पाँच बैंकको सेयर किन्दा अझै पाइनेछ लाभांश,कुनको कति ?

सूचिकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् भने कतिपय कम्पनीहरु प्रस्ताव गर्ने तयारीमा छन् । लाभांश प्रस्ताव गरेका विभिन्न कम्पनीहरुमध्ये ५ वटा बैंकहरुले लाभांश घोषणा गरेको भएपनि बुक क्लोजको समय भने तोकको छैनन् ।

कम्पनीहरुले लाभांश घोषणा गरिसकेपछि साधारणसभाअघि नै बुक क्लोजको मिति तय गर्छन् । त्यहीं बुक क्लोजको अघिल्लो दिनसम्म सेयर खरिद गर्दा लाभांश र साधारणसभामा भाग लिने हक रहन्छ । 

यसकारण उक्त ५ वटा बैंकको सेयर किन्ने लगानीकर्ताले अझै पनि लाभांश पाउने अवसर छ । 

कुन कुन बैंकको सेयर किन्दा पाइन्छ लाभांश  ?

ग्लोबल आइएमई बैंक,नबिल बैंक, प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र शाइन रेसुंगा बैंकको सेयर खरिद गर्दा लाभांश अझै प्राप्त गर्न सकिने छ ।

यी पाँच बैंकहरुमध्ये ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यसका लागी बैंकले मंसिर ९ गते आइतबार बुक क्लोज गर्ने भएको छ । मंसिर ८ गतसम्म कायम सेयरधनीले लाभांश लिन सक्नेछन्।

नबिल बैंकले १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । बैंकले बुक क्लोज मिति भने तय गरेको छैन ।

प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसका लागि मंसिर ९ गते बुक क्लोज गर्ने जानकारी बैंकले गराएको छ । मंसिर ८ गतेसम्म  कायम रहने सेयरधनीले लाभांश लिन पाउनेछन् । 

यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.५ बोनस र करसहित १९ प्रतिशत नगद गरेर कुल २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने बैंकले बुक क्लोजको मिति तय गरेको छैन ।

यस्तै विकास बैंकहरुमा भने शाइन रेसुंगाले ३ प्रतिशत बोनस र करसहित ५ प्रतिशत नगद गरेर कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ । शाइन रेसुंगाले पनि बुक क्लोजको मिति भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको