Like us!
Follow us!
Connect us!
Watch us!

फेरि अघि बढ्यो सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया :अनुपस्थित तीन जनालाई पुनः बोलाइयो अन्तर्वार्तामा

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १८ : २७ मा प्रकाशित

फेरि अघि बढ्यो सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया :अनुपस्थित तीन जनालाई पुनः बोलाइयो अन्तर्वार्तामा

 नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरि शुरु भएको छ ।  यसअघि स्थगित गरिएको सर्टलिस्टमा परेका उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता फेरि अगाडि बढ्ने भएको हो।

अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये तीन जनालाई मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । बोर्डका अनुसार अन्तर्वार्ता बिहान ८ बजेदेखि अर्थ मन्त्रालय सिंहदरबारमा शुरु हुनेछ । 

यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइएको थियो। तर, समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी बिरामी परेर उपस्थित हुन नसकेपछि अन्तर्वार्ता रोकिएको थियो।

अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बोलाइएको छ।

अघिल्लो समितिले अघि बढाएको अध्यक्ष छनोट प्रक्रियमा सर्टलिस्टमा परेका ५ जनामध्ये बाँकी ३ जना उम्मेदवारलाई यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतका लागि सिंहदरबार बोलाइएको थियो । तर, बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीसहित तीनै जना उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण रोकिएको थियो । 

सर्टलिस्टमा परेका ५ जना उमेदवारमध्ये अधिकारी, चापागाईं र कार्कीलेले यसअघि नै तीन पटकसम्म अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि तोकिएको समय बहिस्कार गरेका थिए ।  यसअघि सर्टलिस्टमा परेर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिसमेत दिइसकेका सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मध्ये सन्तोष नारायणले बोर्ड अध्यक्ष छनोटको नयाँ प्रक्रिया सुरु गर्न लागेको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । उनको मुद्दा सर्वोच्चले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको