दुई दिन ओरालो लागेको बजार आज भने दोहोरो अकंले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले बढेर २७४८.७८ बिन्दुमा कायम भएको छ । आज बजारमा १० अर्ब ३२ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै,ङादी ग्रुप पावरको ३१ करोड ६ लाख रुपैयाँ,समृद्धि फाइनान्सको २७ करोड ५८ लाख रुपैयाँ,नेपाल फाइनान्सको २१ करोड ६३ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावरको १९ करोड ७६ लाख रुपैयाँ र ग्रीनलाइफ हाइड्रोपावरको १९ करोड ३७ लाख रुपैयाँको कारोबार भइरहेको छ ।
यसैगरी रसुवागढी हाइड्रोपावरको १८ करोड ११ लाख रुपैयाँ,बेस्ट फाइनान्सको १४ करोड ७७ लाख रुपैयाँ,माछापुच्छ्रे बैंकको १३ करोड ६९ लाख रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको १२ करोड २० लाख रुपैयाँको कारोबार भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस