चालु आर्थिक वर्षको पहिलो ३ महिना धितोपत्र बजारमा ५ अर्ब १५ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आवको ३ महिनामा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर, १ अर्ब ७२ करोड बराबरको हकप्रद सेयर र ४७ लाख बराबरको एफपीओ धितोपत्र बजारमा सूचीकृत भएको हो ।
यो अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ६ करोड बराबरको हकप्रद सेयर र ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब ७६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । असोज मसान्तमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ९१ जलविद्युतकम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० असोजमा सूचीकृत कम्पनीहरुको संख्या २६३ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५९.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युतकम्पनीको हिस्सा १४.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्जमा २०८१ असोज मसान्तमा सूचीकृत ८ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ३२ अर्ब ९ करोड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस