Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र व्यापारीका लागि कारोबार योग्य कम्पनीको सूची सार्वजनिक

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, १४ : ३९ मा प्रकाशित

धितोपत्र व्यापारीका लागि कारोबार योग्य कम्पनीको सूची सार्वजनिक

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०८१/८२ का लागि धितोपत्र व्यापारी (स्टक डिलर) हरूका लागि कारोबार योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। 

नेप्सेले स्टर डिलर कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२)बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरु दफा ३(३)बमोजिम चालु आर्थिक वर्ष २०८१/८२ का लागि अद्यावधिक गरिएको जनाएको छ।

कारोबारयोग्य कम्पनीहरुमा ११२ वटा सूचीकृत कम्पनी परेका छन्। जसमा १९ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंक छन्।

त्यस्तै ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २५ वटा जलविद्युत कम्पनी र दुईवटा अन्य समूहका कम्पनी छन्। 

673ef56f5c0f2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको