Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, १५ : ०१ मा प्रकाशित

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सले ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको हो ।

कोशी प्रदेशबााट योग्य भएका करिब ५५ जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए । साथै स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

यसैगरी, सीईओ खत्रीले सो कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका हुन् ।

साथै यो कार्यक्रम मधेश प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भई सकेको र छिट्टै नै अन्य प्रदेशहरुमा पनि गरिने जानकारी गराएका थिए ।

समारोहमा सिइओ खत्रीले अभिकर्ताहरूको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढि अभिकर्ताहरू छनौट भएकोमा कोशी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई बधाई ज्ञापन गरे । कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका सीईओसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको