चालु आर्थिक वर्षको ४ महिनासम्ममा नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबर रहेको छ ।
त वर्ष यस्तो घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको हो ।
भन्सार विभागले आज सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको विवरण अनुसार ४ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । वैदेशिक व्यापार ०.५३ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको ४ महिनासम्ममा मुलुकले ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको चौथो महिनाको तुलनामा चालु आवको चौथो महिनासम्म कूल आयात ०.१७ प्रतिशतले बढेको छ ।
कात्तिक मसान्तसम्मको विवरणअनुसार ४ महिनाको अवधिमा नेपालको निर्यात ४.१६ प्रतिशतले बढेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ५२ अर्ब ६७ करोड ७ लाख बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ४ महिनाको अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस