Like us!
Follow us!
Connect us!
Watch us!

एक महिनाको व्यापार घाटा १ खर्ब बढी, शीर्ष स्थानमा भारत

अर्थ संसार

सोमबार, ०८ बैशाख २०८२, १२ : ४६ मा प्रकाशित

एक महिनाको व्यापार घाटा १ खर्ब बढी, शीर्ष स्थानमा भारत

नेपालले चैत महिनामा १ खर्ब ३३ अर्ब ९४ करोड ३९ लाख ३० हजार रुपैयाँ व्यापार घाटा गरेको छ। भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक वर्षको चैत महिनामा मात्र उक्त मात्रामा व्यापार घाटा व्यहोरेको हो ।

नेपालले यो समय अवधिमा भारतसँग सबैभन्दा बढि ७२ अर्ब ८ करोड ७६ लाख ४० हजार घाटाको व्यापार गरेको छ । यस्तै दास्रोमा चिनसँग २८ अर्ब ५८ करोड ८८ लाख १० हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । 

नेपालले यो समय अवधिमा भारतसँग सबैभन्दा बढि ७२ अर्ब ८ करोड ७६ लाख ४० हजार घाटाको व्यापार गरेको छ । यस्तै दास्रोमा चिनसँग २८ अर्ब ५८ करोड ८८ लाख १० हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । अर्जेन्टिनासँग ११ अर्ब ६९ करोड ५३ लाख ९७ हजार रुपैयाँ व्यापार घाटा भएको छ । संयुक्त अरब ईमिरेट्स (युएई) सँगको व्यापारमा ३ अर्ब ४१ करोड ६६ लाख १२ हजार रुपैयाँको व्यापार घाटा भएको छ । ब्राजीलसँग २ अर्ब ८७ करोड १० लाख २७ हजार रुपैयाँको व्यापार घाटा भएको छ । अष्ट्रेलियासँग २ अर्ब १६ करोड ४६ लाख ५९ हजार रुपैयाँ व्यापार घाटा भएको छ ।

युक्रेनसँग १ अर्ब ७९ करोड २२ लाख ४७ हजार रुपैयाँको व्यापार घाटा भएको छ । सोहि अवधिमा थाइलेन्डसँग १ अर्ब ५ करोड ८२ लाख ८२ हजार रुपैयाँको व्यापार घाटा भएको छ । मलेसियासँग ९० करोड ६४ लाख ७६ हजार रुपैयाँको घाटाको व्यापार गरेको छ । यस्तै इन्डोनेसियासँग ८३ करोड ७ लाख ३० हजार रुपैयाँको व्यापार घाटा भएको हो । अमेरिकासँग ८५ करोड ९८ लाख ४७ हजार रुपैयाँको व्यापार घाटा भएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षको ८ महिनामा भन्दा यो आर्थिक वर्षको सोहि अवधिमा नेपालको व्यापार घाटा ६.४५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ८ महिनामा भन्दा यो आर्थिक वर्षको ८ महिनामा ६५.१६ प्रतिशतले निर्यात बढेको छ । निर्यात बढे पनि नेपालको व्यापार घाटा कम हुन सकेको छैन् । नेपालको व्यापार घाटा वर्षेनी बढ्दै गएको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको