Like us!
Follow us!
Connect us!
Watch us!

व्यापार घाटाको डरलाग्दो ग्राफ- निर्यात बढ्दा पनि प्रभाव शून्य,अर्थतन्त्रलाई थप चुनौती

अर्थ संसार

शुक्रबार, ०८ चैत्र २०८१, ११ : ४७ मा प्रकाशित

व्यापार घाटाको डरलाग्दो ग्राफ- निर्यात बढ्दा पनि प्रभाव शून्य,अर्थतन्त्रलाई थप चुनौती

चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालको कुल विदेश व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार सो अवधिमा कुल व्यापार १३ खर्ब ३ अर्ब रुपैयाँ नाघेको छ। 

नेपालको आयातमा ११.२० प्रतिशत वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो आठ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँको आयात भएकोमा यस वर्ष सोही अवधिमा ११ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। निर्याततर्फ भने ५७.२० प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो वर्ष १ खर्ब ६ अर्ब रुपैयाँको निर्यात भएकोमा यस वर्ष १ खर्ब ५८ अर्ब रुपैयाँ नाघेको छ। यस अवधिमा व्यापार घाटा ६.२२ प्रतिशतले वृद्धि भएर ९ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष फागुनसम्म मुलुकबाट १ खर्ब ६१ करोड रुपैयाँको निर्यात भएकोमा समीक्षा अवधिसम्म बढेर १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निर्यात ५७.२० प्रतिशतले बढेको छ। यद्यपि, निर्यातको हिस्सा बढेका कारण आयात निर्यात अनुपात अघिल्लो वर्षको १०.२४ बाट ७.२४ मा झरेको छ। कुल व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६.३५ प्रतिशतले वृद्धि हो।

उच्च निर्यातको प्रभाव शून्य

चालू आर्थिक वर्ष आठ महीनाको तथ्यांक हेर्दा वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि ठूलो छ ।

अन्तर्राष्ट्रिय बजारबाट किनेको मात्रै नभई नेपालबाट बिक्री भएको सामानको मात्रा पनि बढेको छ। तर, यो अवधिमा नेपालले निर्यात गरेको वस्तुमा स्वदेशी उत्पादन भने निकै कम छ। अर्थात् नेपालले निर्यात गरेको तथ्यांकले नेपालको व्यापारमा त्यति ठूलो योगदान भने दिन सकेको छैन। 

निर्यात वृद्धिदर उच्च भए पनि व्यापार घाटा अझै ठूलो भएकाले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि दीर्घकालीन रणनीति आवश्यक देखिन्छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको