Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंसहित ७ सहरमा भाटभटेनीले सेवा फेरि सुरु गर्‍यो

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, ०८ : ३० मा प्रकाशित

काठमाडौंसहित ७ सहरमा भाटभटेनीले सेवा फेरि सुरु गर्‍यो

जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटपछि बन्द रहेका भाटभटेनी सुपर स्टोरका शाखाहरू क्रमशः पुनः सञ्चालनमा आउन थालेका छन्। शनिबारदेखि देशभरका १६ शाखाले सेवा सुरु गरेका छन्।

काठमाडौं उपत्यकाभित्र ९ स्थानमा—टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, वर्ल्ड ट्रेड सेन्टर, पुल्चोक, कलंकी, रातोपुल र बालाजुमा—ग्राहकलाई पुनः सेवा उपलब्ध भएको छ। यस्तै उपत्यकाबाहिर नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवाका स्टोर पुनः खुलेका छन्।

यीमध्ये ७ शाखा आन्दोलनका क्रममा क्षतिग्रस्त नभएका थिए भने बाँकी स्टोरमा सामान्य मर्मतपछि सञ्चालन गरिएको हो।

भाटभटेनी सुपर स्टोरका अनुसार हाल देशभर २८ शाखा सञ्चालनमा छन्। तीमध्ये १२ शाखामा आगजनी र ९ शाखामा तोडफोडको घटना भएको थियो। क्षतिग्रस्त शाखा मर्मतपछि क्रमशः सञ्चालनमा ल्याइने बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको