Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, १५ : २८ मा प्रकाशित

सेयर बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०३ अकंले घटेर २६६७.४० बिन्दुमा बन्द भएको छ । आज ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोडको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३३ लाख रुपैयाँ,ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख रुपैयाँ,बेस्ट फाइनान्सको २३ करोड ९८ लाख रुपैयाँ,रसुवागढी हाइड्रोपावरको १८ करोड ५४ लाख रुपैयाँ र पिपुल्स हाइड्रोपावरको १७ करोढ ६५ लाख रुपैयाँको कारोबार भएको छ । 

यसैगरी हिमालय ऊर्जाको ११ करोड ७४ लाख रुपैयाँ,चिलिमे हाइड्रोपावरको १० करोड ६५ लाख रुपैयाँ,समृद्धि फाइनान्सको १० करोड ४२ लाख रुपैयाँ र हाथवे इन्भेस्टमेन्टको १० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको