Like us!
Follow us!
Connect us!
Watch us!

सन्तोषनारायण, मुक्तिनाथ, र नवराज मध्ये को बन्ला नयाँ अध्यक्ष?

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, २१ : १७ मा प्रकाशित

सन्तोषनारायण, मुक्तिनाथ, र नवराज मध्ये को बन्ला नयाँ अध्यक्ष?

नेपाल धितोपत्र बोर्डका अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, र नवराज अधिकारीलाई मन्त्रिपरिषदमा सिफारिस गरेको छ।

स्रोतका अनुसार, यी नामहरू उत्कृष्ट कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताको आधारमा छनोट भएका हुन्। आइतबार, बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। तर, सर्टलिस्टमा रहेका बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित रहेको जनाइएको छ।

यसअघि, सन्तोषनारायण र मुक्तिनाथले पनि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरिसकेका थिए। सन्तोषनारायण नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ धितोपत्र बोर्डका कार्यकारी निर्देशकको भूमिका निर्वाह गरिरहेका छन्।

अब मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीनमध्ये एक जनालाई अध्यक्षमा नियुक्त गर्ने सम्भावना छ। धितोपत्र बोर्ड गत पुस २० देखि अध्यक्षविहीन छ। प्रारम्भिक चरणमा सिफारिस प्रक्रिया सफल नभएपछि सरकारले नयाँ प्रक्रिया थालेर सिफारिस समिति पुनर्गठन गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको