Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली विकास बैंक समस्याउन्मुख, राष्ट्र बैंकले रोक्यो कारोबार

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १२ : ४० मा प्रकाशित

कर्णाली विकास बैंक समस्याउन्मुख, राष्ट्र बैंकले रोक्यो कारोबार

नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकको कारोबार रोक्का गरेको छ । बैंक समस्यामा परेपछि थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ । 

नेपालगन्जमा रहेको यस विकास बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले कारबाही गरेको छ ।  यहीकारण, निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने लक्ष्यसहित कर्जा प्रवाह र निक्षेप संकलनमा रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनिमय ३ बमोजिम ६ महिना भित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकमा सुधार गर्ने शर्तमा यो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको