नेपाल धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएसँगै सेयर बजारमा हरियाली छाएपछी ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४१ अकंले बढेर २७१६.६६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, यूनाइटेड इदि मर्दि र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस