युनिलिभर नेपाल लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको छ ।
कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेर बोलाएको हो ।
यसको लागि कम्पनीले १ महिनाभित्र सेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल, कमलपोखरी काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको हो । यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस