Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, १७ : १८ मा प्रकाशित

युनिलिभर नेपालले घोषणा गर्यो लाभांश, नगद र बोनस कति  ?

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले  घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । यसअघि कम्पनीले आव २०७९।८० मा १ हजार ५८० रुपैयाँ लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारणसभा बोलाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज २८ देखि कात्तिक १२ गतेदेखि बुक क्लोज गर्ने भएको हुँदा असोज २७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

66f3f5a822015.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको