राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । अहिले उनको वयान जारी छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा वयानका लागि शुक्रबार बिहान उपस्थित गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका वयानका लागि काठमाडौं ल्याइएको थियो ।
लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले काठमाडौं पनि अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएसँगै काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि बाटो खुलेको थियो ।
।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस