Like us!
Follow us!
Connect us!
Watch us!

१०% ले बढ्यो निर्जीवन बीमा कम्पनीको व्यापार,अग्रस्थानमा सगरमाथा लुम्बिनी हुँदा अन्य कुनको कति ?

अर्थ संसार

शुक्रबार, १४ मंसिर २०८१, ११ : २८ मा प्रकाशित

१०% ले बढ्यो निर्जीवन बीमा कम्पनीको व्यापार,अग्रस्थानमा सगरमाथा लुम्बिनी हुँदा अन्य कुनको कति ?

निर्जीवन बीमक कम्पनीले चालु आर्थिक वर्षको कात्तिकसम्म १४ अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले कात्तिकसम्म ८ लाख ९७ हजार २३५ वटा बीमालेख जारी गरेर १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आजर्न गरेका हुन्। यो गत आवको सोही अवधिको तुलनामा १०.७४ प्रतिशतले बढी हो। कम्पनीहरुले गत आवमा १२ अर्ब ७३ करोड चार लाख रुपैयाँ बीमाशुल्क आजर्न  गरेका थिए ।

कुनको कति ?

४ महिनामा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स परेको छ। कम्पनीले १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । त्यसैगरी सिद्धार्थ प्रिमियर, शिखर, नेको, हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियलले एक अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गर्न सफल भएका छन् । अन्य निर्जीवन बीमा कम्पनीहरूको व्यापार १ अर्बभन्दा कम छ।

दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा स्थानमा ओर्लिँदै शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको छ । विगतका दिनहरूमा शिखर पहिलो स्थानमा रहँदै आएको थियो । चालु आवको तेस्रो त्रैमासदेखि शिखर तेस्रो स्थानमा झरेको हो ।

नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १४ कराेड र आईजीआई इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख, दि ओरिन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख, यूनाईटेड अजोडले ८४ करोड १ लाख, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख, सानिमा जीआईसीले ७७ करोड ९३ लाख, प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख, राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख र नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

लघु निर्जीवन बीमा गरे २५ करोड १४ लाखको व्यापार

लघु निर्जीवन बीमा कम्पनीको लागि बीमा प्राधिकरणले ४ वटा कम्पनीलाई इजाजत दिएको छ । ४ वटा बीमा कम्पनीले ४ महिनामा कुल २५ करोड १४ लाख रुपैयाँको व्यापार गरेका छन् । चार लघु बीमा कम्पनीमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले ७ करोड ८० लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ४१ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ५ करोड ९३ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ५ करोड ८९ लाख रुपैयाँको व्यापार गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको