चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछाने सरकारी वकिलको कार्यालय चितवमा रहेको बेला प्रहरी र उनका समर्थकबीच झडप भएको थियो । रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।
रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस