Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मिति!

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, ०७ : २१ मा प्रकाशित

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मिति!

सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने मंसिर २० गते अन्तिम दिन हो। आजसम्म नेप्सेमा कारोबार गरी कायम हुने सेयरधनीहरूले यी कम्पनीहरूको वार्षिक साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीहरूका बुकक्लोज मिति:

  1. सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC): मंसिर २१ गते, शुक्रबार
  2. एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN): मंसिर २१ गते, शुक्रबार
  3. फर्स्ट माइक्रोफाइनान्स (FMDBL): मंसिर २३ गते, आइतबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रस्ताव

सूर्यज्योति लाइफले पुस ६ गते, शनिबार, विराटनगरको बिग होटलमा १७औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभामा:

  • हालको चुक्ता पूँजीको २०% नगद लाभांश (करसहित) वितरण गर्ने।
  • सञ्चालक समितिमा संस्थापक तर्फ रिक्त पदको अनुमोदन गर्ने।
  • लेखापरीक्षक नियुक्त गर्ने।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको प्रस्ताव

एनआरएनले पुस १२ गते, शुक्रबार, काठमाडौंको आम्रपाली व्यान्क्वेटमा आफ्नो १२औं वार्षिक साधारण सभा बोलाएको छ। सभामा:

  • हालको चुक्ता पूँजीको ५% बोनस सेयर वितरण गर्ने।
  • बोनसपछि एक बराबर एक हकप्रद सेयर जारी गर्ने प्रस्ताव।
  • साधारण सभा बिहान ९ बजे सुरु हुनेछ।

फर्स्ट माइक्रोफाइनान्सको प्रस्ताव

फर्स्ट माइक्रोफाइनान्सले पुस ११ गते, बिहीबार, काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा १५औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभामा:

  • ९% बोनस सेयर र ०.४७% नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने।
  • प्रबन्धपत्र तथा नियमावली संशोधन, पूँजी वृद्धि, र मर्जर-अधिग्रहण सम्बन्धी अख्तियारी दिने प्रस्ताव।
  • ३ जना सर्वसाधारण प्रतिनिधि सञ्चालकहरूको निर्वाचन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको