नेपाली जनता माहान चाड दशै मनाउदै थिए, एमाले र माओवादी केन्द्रले जनतालाई आश्चर्य चकित गर्दै आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव अघि पार्टी एकता गरेर एकल चुनाव चिन्हमा चुनाव लडने घोषणा गरे ।
ओलीको लोकप्रिय सरकार ढालेर आलोपालो सरकारमा सम्मिलित माओवादी केन्द्रले एकाएक प्रतिपक्षमा रहेको एमालेसंग चुनावीमा सहकार्य मात्र हैन पार्टी एकता नै गर्ने निर्णय गरे पछि कांग्रेस एकाएक झस्कियो ।
एकाएक आफुलाइ युद्धको मैदानमा बिना हतियार उभिएको सिपाही भएको अनुभव गरेको कांग्रेसले बाम गठबन्धनलाई काउन्टर गर्न “कम्यिुनिष्ट सरकार आए अधिनायकवाद आउने, कम्युनिस्ट सरकार आए साम्यवाद लागू गर्ने” भनेर जनता सामु जाने रणनीति लियो।
वाम गठबन्धन पछि प्रधानमन्त्री देउवा देखि युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा लगायत स्थानीय नेताहरुको हरुको चुनावी नारा एउटै थियो “कम्यिुनिष्टको सरकार आए फलाना काम गर्न दिदैनन्, ढिस्काना काम गर्न दिदैनन्, अधिनायकवाद आउछ, साम्यवाद लागू हुन्छ” ।
२०४६ साल देखि नै कम्यिुनिष्ट विरुद्घ यस्ता भ्रम फैलाउदै सफलता प्राप्त गर्दै आएको कांग्रेसलाइ यस पटक पनि यस्ता नाराले सफलता पाउनेमा विश्वस्त थियो। पुरातन कम्यिुनिष्ट साम्यवादी सोचलाई जनताले कांग्रेसको नारालाई अनुमोदन गर्छन भन्नेमा कांग्रेसको केन्द्रीय नेतृत्व आस्वस्त थियो।
वाम गठबन्धनको लागि दुखद संयोग यो भयो कि बाम गठबन्धन घोषणा भएपछि सेयर बजार उकालो लाग्न सकेन र वाम गठबन्धन पछि विकासित राजनीतिले देशमा स्थायी सरकार दिने सम्भावनाले उद्योगपति व्यापारी उत्साहित भए पनि शेयर बजारको सुचाङ्कमा त्यो उत्साह देखिएन।
२०४६ साल पछि बहुदलिय पद्धतिलाई स्विकारी सकेको एमाले र युद्ध समाप्ति पछि विभिन्न ३ चुनावमा भाग लिएर बहुदलिय पद्धति अंगालेको माके साम्यवादी अथवा अधिनायकवादी हुन्छन् भन्ने कुरा नेपाली जनताले पत्याएनन् । नतिजा प्रत्यक्ष निर्वाचनमा कांग्रेसले नराम्रो हार बोहेर्नु परयो ।
वाम गठबन्धनको लागि दुखद संयोग यो भयो कि बाम गठबन्धन घोषणा भएपछि सेयर बजार उकालो लाग्न सकेन र वाम गठबन्धन पछि विकासित राजनीतिले देशमा स्थायी सरकार दिने सम्भावनाले उद्योगपति व्यापारी उत्साहित भए पनि शेयर बजारको सुचाङ्कमा त्यो उत्साह देखिएन।
सेयर बजारमा देखिएको उत्साहको कमीलाई केही कांग्रेस समर्थक पत्रकार, विज्ञ, बिश्लेषकहरु लगानीकर्ताहरुको बाम गठबन्धन प्रतिको बितृष्णाको रुपमा व्याख्या गर्न थालेका छन।
सेयर सुचाङ्क नेप्सेको लगातारको गिरावटको कारण के वाम गठबन्धनको जित हो त ? के लगनीकर्ताको बाम गठबन्धन प्रतिको बितृष्णा नै हो त? यी प्रश्नहरुको जवाफ खोज्न पाहिले नेपालको सेयर बजारको बारेमा जान्न जरुरी छ ।
१. हामीले यो मान्न जरुरी छ कि नेपालको सेयर बजार कम्पनीको मुनाफा, कम्पनीको लाभांश पोलसी आदि जस्ता आधारभुत कुराहरु भन्दा हल्लाको आधारमा चल्दछ ।
पुर्ण विकसित सेयर बजारमा बोनस तथा राइट इश्युमा तथस्ट रहन्छ तर हाम्रो सेयर बजार राइट तथा बोनस सेयर इश्युमा उकालो लाग्दछ। कुनै कम्पनी ले राइट सेयर दिने हल्ला चले त्यस कम्पनीको सेयरर मूल्यमा अत्याधिक बृद्धि हुने गर्दछ, जून सेयर बजारको कुनै लजिकमा आधारित छैन ।
२. राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बुद्धि गर्ने निर्णय लिए लगत्तै बैंक तथा वित्तीय संस्थाहरुले जगेडा कोषमा संचित रकमलाई पुँजीकरण गर्दै बोनस सेयर जारि गरे भने अपुग रकम राइट सेयर मार्फत उठाएर जस्ले गर्दा सेयर बजारमा सेयरको संख्यामा उल्लेख्य रुपमा वृद्धि भयो ।
त्यसै गरि बीमा कम्पनी पनि बोनस र राइट सेयर मार्फत पुँजी बृद्धिमा लागेका छन भने जलविद्युत कम्पनीहरु पनि सेयर बजारमा सुचिकृत हुदैछन् ।
जस्ले गर्दा सेयरको आपुर्तीमा व्यापक वृद्धि भएको छ । सेयर कारोबार काठमाडौं लगायत केही शहरमा सिमित रहनु, नया बजार नखोजिनु, सेयर कारोबार अहिले पनि पारम्परिक हुनाले नया लगानीकर्ताले सेयर बजार तान्न सकेको छैन ।
यसरी नया लगानीकर्ता समक्ष पहुच कम हुनु र पुराना लगानीकर्ताको लगानीयोग्य नगद राइट सेयरमा लगानी हुनाले आपूर्ति बढे अनुरूप मागमा उल्लेख वृद्धि हुन सकेन ।
अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार जब आपूर्तीमा वृद्धि र मागमा कमी हुन्छ त्यस्तो अबस्थामा मुल्यमा कमी आउछ र नेपालको सेयर बजार पनि यस कुरामा अछुतो रहन सक्दैन ।
३. सामान्यतया मंसिर, पुसको महिना बार्षिक साधारणसभाको सिजन हो। कम्पनीले आफ्ना सेयर धनीहरुलाई लगानीको प्रतिफल दिने समय हो ।
कुनै कम्पनी लगानीकर्ताले सोचे अनुरुप प्रतिफल दिन सफल हुन्छन भने कुनै कम्पनी असफल र यही समयको पछिल्लो ४ बर्षको बिश्लेषन गर्ने हो भने २ पटक नेप्सेमा बृद्धि भएको छ भने, २ पटक नेप्सेमा कमी आएको छ ।
माओबादी र कांग्रेसको गठबंधनको सरकार हुँदा ३१९ अंकले गिरावट भएको थियो भने खिलराज रेग्मीको सरकार हुँदा १९२ अंकले नेप्से बृद्धि भएको थियो ।
त्यसैले यी महिनामा सेयर बजारमा उतारचढाव आउनु सामान्य हो। अर्को तर्फ नगद लाभांश घोषणा पछिको बुक क्लोज र साधारणसभाले अनुमोदन गरेपछि नगद लाभांश बराबरको अंक सेयरको मुल्यमा समायोजन हुनाले यो सिजनमा शेयरको मुल्यमा ह्रास आउनु सामान्य हो ।
उदाहरणको लागि नेपाल टेलिकमले यो बर्ष ५५५ नगद लाभांश घोषणा गर्याे, साधारणसभाको लागि बुक क्लोज हुँदा र साधारणसभा पछि कारोबार सुचारु हुँदा नेपाल टेलिकमको सेयरमा लगभग रु ५५ को कमि आउनु सामान्य हो। त्यसैले यी महिनामा सेयर सुचाङ्कमा केही गिरावट आउनुलाइ सामान्य मान्न सकिन्छ ।
४. लगानीकर्ताले आफ्नो पुँजी मात्र नभएर बैंक तथा वित्तीय संस्था बाट ऋण लिएर समेत लगानी गरेका हुन्छन्। पुस महिना दोस्रो त्रैमासको अन्तिम महिना भएकाले बैंक तथा वित्तीय संस्थालाई ब्याज बुझाउनु पर्ने हुन्छ।
जस्ले गर्दा लगानीकर्तालाई बैंकको व्याज तिर्न सेयर बिक्री गर्नु पर्ने प्रेसर हुन्छ । सेयर बिक्रीको चापले गर्दा बजारमा सेयर को आपूर्ती बढाउछ, जस्ले गर्दा सेयर मुल्यमा गिरावट आउछ ।
त्यसैले अहिले सेयर बजारमा आएको उतारचढावलाई वामगठबन्धन प्रति लगानीकर्ताको बितृष्णाको रुपमा व्याख्या गर्नु भन्दा पनि सेयरको मुल्यमा भएको समायोजनको रुपमा हेरिनु पर्छ।
अब बन्ने सरकारले सेयर बजारलाई आधुनिकिकरण गरि नयाँ लगानीकर्ता भित्राउन सके र राजनीतिक स्थायित्व दिन सके आउंदा दिनमा नेप्सेमा बृद्धि हुन सक्ने प्रशस्त संभावना देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस