Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको लाभांशमा राष्ट्र बैंकको कैँची

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १० : ३६ मा प्रकाशित

आशा लघुवित्तको लाभांशमा राष्ट्र बैंकको कैँची

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाले लाभांश परिमार्जन गरेकाे हाे ।

यसअघि संस्थाको माघ २३ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

तर राष्ट्र बैंकले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्न आग्रह गरेपछि अब संस्थाले १४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१४३ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्नेेछ । 

अब उक्त लाभांश संस्थाकाे आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

सूचना हेर्नुहाेस् :

63fd8e644dc0e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको