Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश सिजन : १४ बैंकले लाभांश घोषणा गर्दा कुनले कति दिने ? बुक क्लोज कसको कहिले ?

अर्थ संसार

आइतबार, २३ मंसिर २०८१, १० : ३८ मा प्रकाशित

लाभांश सिजन : १४ बैंकले लाभांश  घोषणा गर्दा कुनले कति दिने ? बुक क्लोज कसको कहिले ?

लाभांशको सिजन सुरु भएको छ । नेप्सेमा सूचीकृत बैंकहरुले धमाधम लाभांश घोषणा गरेका छन् ।

अहिलेसम्म १४ बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमध्ये अधिकांश बैंकहरुको बुक क्लोज र साधारणसभाको मिति तय भइसकेको छ । यीमध्ये केही बैंकको साधारण सभा पनि सम्पन्न भइसकेको छ ।

हालसम्म ११ वाणिज्य बैंक र ३ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । सबैभन्दा धेरै लाभांश स्टान्डर्ड चार्टर्ड बैंकले घोषणा गरेको छ ।  यस बैंकले गत वर्षको नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश गरी कुल २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।  एभरेष्ट बैंकले पनि लाभांश  घोषणा गरेर पारित पनि गरिसकेको छ । बैंकले कुल १५.५३ प्रतिशत लाभांश दिने निर्णय गर्दा नेपाल एसबीआई बैंकले १०.६५ र नबिल बैंकले १० प्रतिशत लाभांश दिने निर्णय गरेका छन् । नेपाल एसबीआई बैंकले सेयरधनीलाई  ३.८ प्रतिशत बोनस सेयर र करसहित ६.८५ प्रतिशत नगद लाभांश सहित कुल  १०.६५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

सिद्धार्थ बैंक लिमिटेडले गत वर्षको मुनफाबाट सेयरधनीहरूलाई कुल ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस सेयर र  सिटिजन्स बैंकले ४.२१ प्रतिशत पनि लाभांश घोषणा गरिसकेको छ । प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले आफ्नो वित्तीय अवस्था थप सुदृढ र सबल बनाउन वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो । गत वर्ष निफ्राले ४.२१०५ प्रतिशत नगद लाभांश दिएकोे थियो ।  एनएमबि बैंकले पनि यस बर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

यस्तै, विकास बैंकतर्फ कामना सेवा विकास बैंकले १२ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेका छन् । यो समूह अन्तर्गत १७ वटा कम्पनीको सेयर कारोबार हुँदै आएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको