महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने भएको छ। लघुवित्तले सर्वसाधारण समूहको हिस्सा हालको १९.६८ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन गर्न लागेको हो।
एफपीओको लागि इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ।एफपीओ निष्काशनपछि चुक्ता पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस