नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार स्वावलम्बल लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गुराँस लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।
गुराँस लघुवित्तको १ लाख ४४ हजार ४९५ कित्ता सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।
यता, स्वावलम्बन लघुवित्तले वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर सूचीकृत गरिएको हो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ११ लाख २० हजार ७७८ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यस कम्पनीले वितरण गरेको ३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस