Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ४४ अंकले बढ्दा १ अर्ब १९ करोडको कारोबार

मंगलबार, १४ मंसिर २०७३, १६ : १९ मा प्रकाशित

नेप्से ४४ अंकले बढ्दा १ अर्ब १९ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं – केही दिन अघिदेखि निरन्तर लागेको सेयर बजार मंगलबार भने ४३.५२ अंकले बढेको छ । सुरुवातमा ओरालो लगोको सेयर बजार अन्तिम समयमा उकालो लागेर परिसूचक १५५३.६८ अंकमा पुगेको छ । 

१३१ कम्पनीको १४ लाख १४ हजार तीन सय २८ कित्ता सेयर एक अर्ब १९ करोड १९ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबारको कारोबारमा उत्पादन समूहको परिसूचक ओरालो लागे पनि बाँकी समूहको परिसूचक भने उकालो लागेका छन् । 

सबै भन्दा बढी बिमा समूहको ३४८.१२, जलविद्यूत १०४.४२, बैंक ४२.३६, वित्तय ८.५५, होटेल ३.९८ र अन्य समूहको परिसूचक १.७४ अंकले उकालो लागेका छन् ।  

सोमबार दुई पटक सर्किट लागेर सुर्धेको कारोबार अन्तिम समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४० दशमलव ६८ अङ्कले उकालो लागेर परिसूचक १५१० दशमलव १६ अङ्कमा पुगेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको