Like us!
Follow us!
Connect us!
Watch us!

विराटनगरलाई काठमाण्डौले एक विकेटले हरायो, प्लेअफमा पुग्ने झिनो सम्भावना कायमै

अर्थ संसार

आइतबार, ३० मंसिर २०८१, १३ : १५ मा प्रकाशित

विराटनगरलाई काठमाण्डौले एक विकेटले हरायो, प्लेअफमा पुग्ने झिनो सम्भावना कायमै

 नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ ।

आइतबार र्कीतिपुरस्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमान्डुले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध १ विकेटको जित हात पारेको हो ।  विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई कायमै राखेको छ ।

अब सोमबार कर्णाली र सुदरपश्चिबीचको नतिजाले काठमान्डुको प्लेअफ यात्राको टुंगो लाग्नेछ । सोमबार हुने खेलमा कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष ४ मा पर्ने सम्भावना रहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको