ओभरसिज नेपालिज इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (ओनिक) ले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन कार्यका लागि कम्पनीले पुस २१ गते आइतबार आठौं साधारणसभा बोलाएको छ।
कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अनामनगरस्थित कम्पनीकै रजिष्टर्ड कार्यालयका साथै भर्चुअल माध्यमबाट सभा बस्ने निर्णय गरेको हो। सभामा आईपीओ निष्कासन गर्ने, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र जारी पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारितका लागि पेश गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस