निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमाससम्म सवा ६७ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन्।
चालु आवको पहिलो त्रैमाससम्ममा १४ निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६७ अर्ब ३४ करोड ४ लाख रुपैयाँ लगानी गरेका हुन् ।
जसमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै निर्जीवन बीमकहरुले ५३ अर्ब १० करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन्।
असोज मसान्तसम्म र्निजीवन बीमकहरुले क वर्गका बैंकहरुमा ४६ अर्ब ४१ करोड १८ लाख रुपैयाँ, ख वर्गका बैंकमा ५ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब २३ करोड ५५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन्।
निर्जीवन बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ९९ करोड १६ लाख रुपैयाँ र अन्य क्षेत्रमा २ अर्ब २९ करोड ६७ लाख रुपैयाँ लगानी गरेका छन्।
विभिन्न क्षेत्रमा लगानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले कुल ८ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ ।दोस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीले ७ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । धेरै लगानी गर्ने तेस्रो निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । नेको इन्स्योरेन्सले ६ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ ।
यसैगरी,सगरमाथा लुम्बिनीले ६ अर्ब २७ करोड ३० लाख रुपैयाँ,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ अर्ब २३ करोड ९२ लाख रुपैयाँ,हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ९३ करोड ९८ लाख रुपैयाँ,शिखर इन्स्योरेन्सले ४ अर्ब ६९ करोड ७४ लाख रुपैयाँ लगानी गरेका छन् ।
नेपाल इन्स्योरेन्स कम्पनीले४ अर्ब २६ करोड ८७ लाख रुपैयाँ,युनाइटेड अजोड इन्स्योरेन्सले४ अर्ब १० करोड २५ लाख रुपैयाँ,सानिमा जीआईसी इन्स्योरेन्सले३ अर्ब ५२ करोड १४ लाख रुपैयाँ
ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्सले २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ,नेसनल इन्स्योरेन्सले २ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले २ अर्ब ४५ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् ।
जीबन बीमाको लगानी कति?
जीवन बीमा कम्पनीहरुले लगानीयोग्य रकमको औसत ८० प्रतिशतसम्म रकम मुद्दती निक्षेपमा लगानी गरेका छन् । जीवन बीमा कम्पनीमध्ये पनि एक बीमा कम्पनीले आफ्नो लगानीयोग्य रकमको ९४ प्रतिशतभन्दा बढी रकम मुद्दती निक्षेपमा राख्ने गरेका छन् ।
चालु आवको पहिलो त्रैमाससम्म कुल लगानी रकममध्ये मेट लाइफ इन्स्योरेन्सले वाणिज्य बैंक र फाइनान्स कम्पनीमा गरेर कुल लगानीको ९४.२७ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गरेका हुन ।
प्राधिकरणले प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले लगानी गरेको तथ्यांक विवरण अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र पूर्वाधार बैंकको सम्पूर्ण मुद्दती निक्षेप गरेर कुल ५ खर्ब ४३ अर्ब ८७ करोड ६५ लाचख ५६ हजार रुपैयाँ लगानी गरेका छन् ।
जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी वाणिज्य बैंकहरुमा ४ खर्ब ८८ अर्ब ३९ करोड ८ लाख ५६ हजार रुपैयाँ, पूर्वाधार बैंकमा १ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरुमा ४६ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ, फाइनान्समा ७ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ बराबरको मुद्दती निक्षेप जम्मा गरेका छन् । चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले कुल ६ खर्ब ७७ अर्ब ५९ करोड २३ लाख ६२ हजार रुपैयाँ लगानी रहेकोमा त्यसको ८०.२७ प्रतिशत अर्थात ५ खर्ब ४३ अर्ब ८७ करोड ६७ लाख ५६ हजार रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस