Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणका अध्यक्ष ओझा विरुद्ध अख्तियारमा उजुरी, 'नक्कली सर्टिफिकेट' पेश गरेको आरोप

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १८ : ०४ मा प्रकाशित

बीमा प्राधिकरणका अध्यक्ष ओझा विरुद्ध अख्तियारमा उजुरी, 'नक्कली सर्टिफिकेट' पेश गरेको आरोप

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्राधिकरणको अध्यक्षका लागि आवेदन दिदा ओझाले बुझाएको डकुमेन्ट फेक भएको भन्दै छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दर्ता भएको हो । 

ओझाले प्रस्तुत गरेको अनुभव, उमेर तथा शैक्षिक प्रमाणपत्रमा कैफियत रहेको  दिपेन्द्र बोहराले अख्तियारमा दर्ता गराएको उजुरीपत्रमा दाबी गरिएको छ। उजुरीमा सरकारले नियुक्ति गर्दा आवश्यक पर्ने योग्यता मापदण्डको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै अख्तियारले तुरुन्त छानबिन गर्नुपर्ने माग गरिएको छ। सरकारले फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिपछि उनको योग्यता र क्षमतामाथि निरन्तर प्रश्न उठ्दै आएको छ।

अख्तियारमा दर्ता गरिएका दाबीअनुसार ओझाको उमेर मात्र ३३ वर्ष पुगेको छ, जबकि बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३५ वर्ष नाघेको हुनुपर्ने कानुनी व्यवस्था छ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड २०७३ (पहिलो संशोधन) अनुसार कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारीका लागि ३५ वर्ष उमेर पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

तर, केही समय अघिसम्म अर्थ मन्त्रालयको वेबसाइटमा रहेको सो मापदण्ड हटाइएको र उमेरसम्बन्धी योग्यताको विवरण परिवर्तन गरिएको उजुरीमा उल्लेख छ।

67cd87804a5fc.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको