बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ।
झुटो विवरण पेश गरी सरकारी सेवामा प्रवेश गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । आयोगले सोमबार अध्यक्ष सिलवाल विरुद्ध नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।
‘अध्यक्ष सिलवालले नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९(नौ) महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून वमोजिम कारवाही हुनपर्ने’, भन्दै मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
उनीले पर्साबाट लिएको नागरिकता र काठमाडौँबाट लिएको नागरिकतामा फरक फरक मिति उल्लेख भएको आयोगले जनाएको छ ।
उनी विरुद्ध आयोगले छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा मात्र रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
अख्तियारले मुद्दा दायर गरेको सँगै सिलवाल निलम्बनमा परेका छन्। कुनै पनि सरकारी सेवा कार्यरत अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा स्वतः निलम्बन पर्ने कानुनी व्यवस्था छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस