Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सिलवालले पाए सफाई

अर्थ संसार

आइतबार, १८ फागुन २०८१, १६ : ५२ मा प्रकाशित

बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सिलवालले पाए सफाई

नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले विशेष अदालतबाट सफाइ पाएका छन्। 

सिलवाललाई आज बसेकाे विशेष अदालतकाे ईजलासले सफाई दिईकाे हाे ।

सिलवाललाई भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्धा दायरपछि प्राधिकरणको अध्यक्षबाट सिलवाल निलम्वनमा परेका थिए ।

अध्यक्ष सिलवाल उमेरहद सम्बन्धमा नक्कली विवरण पेश गरी नागरिकता लिएर आफनो उमेर ढाँटेर २०८० साल साउन १४ गते नै अनिवार्य अवकासमा जानुपर्नेमा नगई ढाँटेर जबरजस्ती जागिर खाइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

सिलवालले सफाइ पाए पनि अब प्राधिकरणमा पुनर्बहाली हुन पाउने छैनन्। सरकारले गत सातामात्रै शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको