Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोले डाक्यो साधारणसभा, लाभांश र मर्जर मुख्य प्रस्ताव

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, १० : ३० मा प्रकाशित

सानिमा माई हाइड्रोले डाक्यो साधारणसभा, लाभांश र मर्जर मुख्य प्रस्ताव

सानिमा माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।

सभामा चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश हुनेछ।

यस्तै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पेश गरिनेछ।

त्यसैगरी अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको