पूँजीबजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । पूँजीबजारले पूँजीसंकलन र परिचालनमा महत्वपर्ण भुमिका खेलेको हुन्छ ।
अझ हाम्रो जस्तो विकासन्मुख देशमा त पूँजीबजारको विकास महत्वपुर्ण सर्त अनि आबश्यकताको नै हुनुपर्छ । नेपाली पूँजीबजारको इतिहास धेरै लामो भएपनि विकासक्रम भने निकै सुस्त रह्यो ।
हामी भर्खर भर्खर आधुनिकीकरणको गतिमा छौँ । पछिल्लो समय बजारको विकासमा केही नीतिगत तथा प्राविधिगत परिवर्तन भएपनि यसको विकास र विस्तारमा गर्नुपर्ने कामहरु धेरै बाँकी नै छन् । अभौतिकरणलाई नेपाली पूँजीबजारमा भएको पछिल्लो र ठुलो प्रगतिको रुपमा लिइन्छ ।
तर बजारको स्थायित्वका लागि गर्नुपर्ने काम धेरै बाँकी छन् । र समस्याहरुपनि धेरै विध्यमान रहेका छन् । नेपाली पूँजीबजारमा देखिएका केही समस्याहरु निम्न रहेका छन् :
पुजिबजारलाई आर्थतन्त्रको प्रतिबिम्ब मानिए पनि नेपाली पूँजीबजारमा देशको समग्र अर्थतन्त्रको अबस्थालाई मुल्यांकन गर्न सकिँदैन । देशको कुलगार्हस्थ्य उत्पादन र पूँजीबजारलाई सँगै राखेर हेर्न नमिल्ने अबस्था छ । कुल गार्हस्थ्य उत्पादन र पूँजीबजारमा समानता हुनुपर्ने हुन्छ ।
कुल गार्हस्थ्य उत्पादनको आधारमा पूँजीबजारको विश्लेषण गर्न नसकिने अबस्था छ । यो सबै हाम्रो सेयर बजारमा लगानीगत विविधता नहुनुको परिणाम हो । अर्थात नेपालको पूँजीबजारको ठुलो हिस्सा बैंक तथा वित्तीय क्षेत्रले ओगटेको छ भने अन्य क्षेत्रहरु नेप्सेमा सुचिकृत हुन सकिरहेका छैनन् ।
पूँजीबजारमा रियल सेक्टर, उत्पादमुलक क्षेत्र, औद्योगिक क्षेत्र, होटल ,जलविद्युतहरु पर्याप्त रुपमा आउन सकिरहेका छैनन् । त्यसकारण बजार परिपक्व बन्न सकिरहेको छैन । बजारमा रहेको बैकिङ तथा वित्त समुहमा उतारचढाव आउनासाथ समग्र बजार नै प्रभावित हुने स्थिती छ ।
त्यसैले बजारको स्थायित्वको लागि सरकारले धेरै भन्दा धेरै समुहलाई दोस्रो बजारमा आउनको लागि प्रेरित गर्नुपर्छ र त्यसको लागि आवश्यक नीति निर्माण तथा प्रात्साहनमा जोड दिनु आवश्यक छ ।
क्षेत्रगत समस्या
नेपाली पूँजीबजार सानो क्षेत्रमा सिमित छ । बजारमा सेयरको सप्लाई धेरै भएपनि त्यो धान्न सक्ने बजार छैन । काठमाडौँको चक्रपथभित्र मात्र सिमित रहेको बजारमा उपत्यका बाहिरको ठुलो पूँजीआउन सकेको छैन । सेयरमा माग बढाउन सकेको छैन ।
उपत्यकाबाहिरको ठुलो पूँजीचाहेर पनि यस क्षेत्रमा आउन सकेको छैन । तर बजार विस्तार नभई र मागको सृजना नगरि यसको स्थायित्व असम्भव छ । त्यसकारण पनि पूँजीबजारलाई देश भरिका लगानीकर्ताहरुको पहुँचमा पुर्याउनु आवश्यक छ । जसको लागि अनलाईन सिस्टम, ब्रोकरलाई रिमोट वर्क स्टेशन खोल्न लगाउने कुरा र बैंकलाई ब्रोकर लाईसन्स दिने कुरालाई शीघ्र कार्यान्वयन गर्नु आवश्यक देखिएको छ ।
नीतिगत तथा प्राविधिक समस्या
देशमा पूँजीबजारको विकास र विस्तारमा केहि नीतिगत समस्या पनि देखिएका छन् । पुरानो प्रविधिले धानिरहेको बजारमा अत्याधुनिक प्रविधि ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।
बजारमा चलखेल गर्ने र अस्वभाविक उतारचढाव पनि आउने गरेको छ । त्यसको लागि कडा नियमन गर्नुपर्ने देखिन्छ । नेप्सेको पुर्वाधार विकास र आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
सेयर साक्षातारको अभाव
बजारको आकार र आकर्षणमा आएको बृद्धिसंगै यस क्षेत्रमा धेरै नयाँ लगानीकर्ताहरु भित्रिरहेका छन् । धेरैमा सेयर बजारसँग सम्बन्धित आवश्यक ज्ञानको अभाव पनि छ । यसले बजारमा जोखिम पनि बढाएको छ । बजारमा परामर्शदाता सेवाको अभाव छ ।
सेयरसँग सम्बन्धित बहस पनि हुने गरेको छैन । व्यवस्थापन र लगानी विषयका पाठ्यक्रमहरुमा पनि पुर्ण सामाग्री समावेश नगरिँदा यससँग सम्बन्धित विद्यार्थीहरुमा पनि अन्यौलता आउने गरेको छ । त्यसकारण सरकारले बजारमा सेयर बजारको शिक्षालाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने देखिन्छ ।
जसबाट सेयर बजारमा भित्रीन चाहने नयाँ लगानीकर्ताहरुलाई सहज पनि हुन्छ र सेयर साक्षारताकै अभावले बजारमा आउने जोखिमलाई पनि कम गर्न सकिन्छ । त्यसको लागि आधिकारीक परामर्शदाता सेवाको अवधारणा अगाडी सार्नु उपयुक्त हुन्छ ।
कमजोर मनोबिज्ञान
पूँजीबजारको उतारचढावमा मनोविज्ञानको ठुलो भुमिका हुने गर्छ । परिपक्व बजारमा मनोविज्ञानले स्वभाविक प्रतिक्रिया जनाउँदछ भने हाम्रो जस्तो बजारमा लगानीकर्ताको मनोविज्ञानले बजारमा अस्वभाविक उतारचढाव आउने गरेको छ । यसले जोखिम बढाउँछ । सेयर बजारमा सुचनालाई मुल्यमा परिणत गर्नु स्वभाविक भएपनि गलत सुचना र हल्लाले नै बजार प्रभावित हुनुलाई राम्रो मान्न सकिँदैन ।
अधिक आपुर्ती
पछिल्लो समय नियामकहरुको पुजि वृद्धि योजनाले धितोपत्र बजारमा थप भएका नया सेयर तथा थप निस्काशन ले बजारको आकार ह्वात्तै बढेको छ।
बजारमा सेयरको फ्लो धेरै भएपनी सोही अनुसारको माग सृजना हुन नसक्दा बजारमा दवाब परेको छ। जसबाट बजार कमजोर भइरहेको छ। पछिल्लो समय अधिक आपुर्ती बजारको लागि प्रमुख चुनौतीको रुपमा खडा भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस