Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन र प्रतिकलाई थुनामै राख्न उच्चको आदेश

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, १७ : ४५ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन र प्रतिकलाई थुनामै राख्न उच्चको आदेश

उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई थुनामै राख्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो ।झामाथि अरु आरोपितहरूलाई झैं ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो ।

न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झाका साथै प्रतिक थापालाई पनि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको