Like us!
Follow us!
Connect us!
Watch us!

सकियो नेकपा नामको विवादः सर्वोच्वद्धारा प्रचण्ड ओलि नेतृत्वको नेकपा बदर

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १५ : ०८ मा प्रकाशित

सकियो नेकपा नामको विवादः सर्वोच्वद्धारा प्रचण्ड ओलि नेतृत्वको नेकपा बदर

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा र्निवाचन आयोगमा दर्ता रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएको छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार आज आइतबार न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको जनाएको छ ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने.क‍.पा) दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए जसलाई र्निवाचन आयोगले मान्यता प्रदान गरेको थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको