बोटलर्स नेपाल (तराई) लिमिटेडले पुस २६ गते साधारण सभा बोलाएको छ ।
सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा दिउँसो १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।
त्यस्तै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएकाले पुस १८ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस