सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टीयू क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराएउँदै पहिलो संस्करणको फाइनलमा पुगेको हो ।
आजको हारसँगै जनकपुरले दोस्रो क्वालिफारमा कर्णाली याक्ससँग खेल्नेछ । चितवनलाई हराउँदै आजै कर्णाली दोस्रो क्वालिफारमा पुगेको थियो ।
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । रोयल्सले १८ ओभर तीन बलमा सो लक्ष्य पूरा गर्यो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रन बनाउँदै अविजित रहे भने दीपेन्द्र सिंह ऐरी १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस