Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमा तरलता बढेको बढ्यै, निक्षेप ६६ खर्ब बढी हुँदा कस्तो छ कर्जाको अवस्था ?

अर्थ संसार

बुधबार, ०३ पुस २०८१, १७ : ०३ मा प्रकाशित

बैंकहरुमा तरलता बढेको बढ्यै, निक्षेप ६६ खर्ब बढी हुँदा कस्तो छ कर्जाको अवस्था  ?

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६६ खर्ब नाघेको छ । 

नेपाल राष्ट्र बैंकको अनुसार मंसिर ३० गतेसम्म बैंकिङ प्रणालीमा ६६ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिन बैंकिङ प्रणालीमा ६६ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो ।

यो अवधीमा वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ५९ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५९ खर्ब ३६ अर्ब रुपैयाँ थियो। 

समीक्षा अवधिमा यता बैंकहरूको कर्जा लगानी भने खासै सुधार हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह २ अर्ब रुपैयाँले बढेको छ । मंसिर २९ गते ५३ खर्ब ३१  अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ३० गते ५३ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह भने स्थिर रहेको छ । अघिल्लो दिन ४७ खर्ब २२ अर्ब रुपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले मंसिर ३० गते पनि सोही रुपैयाँ बराबरको  कर्जा प्रवाह गरेका छन्। केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.७८ प्रतिशत रहेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर २.९९ प्रतिशत कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार असार १२ गतेसम्म ६३ खर्ब बढी निक्षेप सङ्कलन गरेको बैंक तथा वित्तीय संस्थाहरूले यता मुस्किलले ५१ खर्ब ४५ अर्ब रुपैयाँ मात्र लगानी गर्न सकेका छन् । यो भनेको कूल निक्षेप सङ्कलनको तुलनामा ७९.५१ प्रतिशतको मात्र लगानी हो । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको