मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २७ गते, शनिबार १९औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। बैंकको सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा बिहान ११ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
यस वार्षिक साधारण सभामा बैंकले सेयरधनीहरूलाई वितरण गर्न प्रस्तावित लाभांश पारित गर्नेछ। बैंकले चालू आवका लागि ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने योजना बनाएको छ।
साधारण सभाले अघिल्लो आवका वित्तीय विवरण पारित गर्नेछ भने आगामी आवका लागि लेखा परीक्षकको नियुक्ति र तिनको पारिश्रमिक निर्धारणसम्बन्धी विषयमा निर्णय लिनेछ।
बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक निर्णय लिन तथा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गर्नेछ।
सभाका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ। पुस १४ गतेसम्म सेयरधनी कायम भएकाहरूले साधारण सभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस