Like us!
Follow us!
Connect us!
Watch us!

घुस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा

शुक्रबार, १४ पुस २०७४, १९ : ४० मा प्रकाशित

घुस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा


अर्थ संसार, काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ ।

आयोगले केही दिन पहिले उनलाई रु २५ हजार घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्यप्रसाद पाण्डेयका अनुसार सुवेदीलाई मिटर जडान गर्ने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा प्राधिकरणको वितरण केन्द्र मालेपाटनबाट नियन्त्रणमा लिइएको थियो । अभियुक्त सुवेदीमाथि बिगो असुल गरी कैद सजायको माग गरिएको आयोगले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको