Like us!
Follow us!
Connect us!
Watch us!

सरकारका प्रवक्ता भन्छन् - सभापतिको भारत भ्रमणमा प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन

अर्थ संसार

सोमबार, ११ जेठ २०८३, १७ : ५५ मा प्रकाशित

सरकारका प्रवक्ता भन्छन् - सभापतिको भारत भ्रमणमा प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्री वालेन्द्र शाहको कुनै सम्बन्ध नभएको प्रतिक्रिया दिएका छन् ।  आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिएसँगै सञ्चारकर्मीले लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध के हो भनेर प्रश्न गरेका थिए । पोखरेलले सभापतिको भारत भ्रमण अलग्गै भएको हुँदा यसमा कुनै सम्बन्ध नभएको स्पष्ट पारेका हुन् । 

उनले प्रधानमन्त्री शाह अहिले १ सय दिनभित्र गरिसक्नुपर्ने कामकै कारण व्यस्त रहेको र भारत एवं अन्य देशको भ्रमणमा समय दिन नसकेको बताए ।

उनले भने ,‘प्रधानमन्त्रीको समय आउँछ । भारत मात्रै होइन, कहीँ पनि जानुभएको छैन । अहिले काममै फोकस हुनुहुन्छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको