Like us!
Follow us!
Connect us!
Watch us!

जनकपुर बोल्ट्सका समर्थकमाथिको हरकत कुनै पनि बहानामा स्विकार्न सकिँदैन: महामन्त्री गगन थापा

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १५ : ३७ मा प्रकाशित

जनकपुर बोल्ट्सका समर्थकमाथिको हरकत कुनै पनि बहानामा स्विकार्न सकिँदैन: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल प्रिमियर लिग विजेता टोली जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।

शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुरले एनपीएलको उपाधि जितेको थियो । प्रतियोगीताभर नै जनकपुरविरुद्ध सामाजिक सञ्जाललगायतमा नश्लीय र साम्प्रदायिक टिप्पणी गर्दै गालीको वर्षा भएको थियो ।

स्राम्पदायी सद्भाव बिगार्नेगरि सामाजिक सञ्जालमा जनकपुरविरुद्ध गाली बर्षिएको भन्दै मधेशी आयोगले घटनामा संलग्नमाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।  आइतबार मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको थियो ।

यता पूर्व मन्त्रीसमेत रहेका थापाले पनि इफ बट केही नभनी कारबाही गर्न माग गरेका छन् ।

उनले लेखेका छन्

'Janakpur Bolts का समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। No If No But.'

 

6767e2d845825.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको