गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनबारे छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन् ।
मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशन तथा ४२ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको भन्दै छिटै दुई दलीय कार्यदल बनाएर छलफल सुरु गर्ने लेखकले बताए। गृहमन्त्री लेखकले साधारणसभामा बोल्दै संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने समेत जिकिर गरे । संविधानको समीक्षाका साथै विषयवस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए । संविधान संशोधनका लागि भने केहि समय लाग्ने उनले धारणा राखे ।
गृहमन्त्री लेखकले समावेशितालाई कमजोर गर्न नभइ थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिबद्धता जनाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस