Like us!
Follow us!
Connect us!
Watch us!

विदेशिएका दक्ष जनशक्ति स्वदेश फर्काउन सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री

अर्थ संसार

विहीबार, ११ पुस २०८१, १२ : ४३ मा प्रकाशित

विदेशिएका दक्ष जनशक्ति स्वदेश फर्काउन सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका दक्ष जनशक्ति स्वदेश फर्काउन पहल गर्ने बताएका छन् ।

आजदेखि सुरू भएको नेपाल स्वास्थ्य सम्मेलनमा उनले यस्तो बताएका हुन् ।  विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

उनले भने, 'उत्पादन भएका जनशक्तिलाई कसरी टिकाउन सकिन्छ भन्ने चुनौती छँदैछ, त्यसमाथि विदेशिएका जनशक्तिको दक्षता र अनुभवलाई कसरी उपयोग गर्ने र जोड्ने भन्ने चुनौती छ,यो सम्मेलनमार्फत यसको विकल्प र योजनाका बारेमा छलफल भई निष्कर्ष निस्कन्छ भन्ने विश्वास छ ।'

मन्त्री पौडेलले मुलुकभित्र र बाहिर रहेका नेपालीहरूको साझा उदेश्य देश बनाउनु रहेकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । 

‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ भन्ने नाराका साथ आयोजना गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको