Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तद्वारा बोनस सेयर खातामा जम्मा, कर्जा र डिम्याट प्रक्रियाका लागि सूचना

अर्थ संसार

आइतबार, १४ पुस २०८१, ०८ : ५५ मा प्रकाशित

आशा लघुवित्तद्वारा बोनस सेयर खातामा जम्मा, कर्जा र डिम्याट प्रक्रियाका लागि सूचना

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४.२५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ। मंसिर ७ गते सम्पन्न साधारण सभामा पारित यो बोनस कात्तिक २४ गतेसम्म कायम रहेका सेयरधनीहरूको खातामा जम्मा गरिएको हो।

कम्पनीले कर्जा लिएका सेयरधनीको हकमा भने, कर्जाको राफसाफ भएपछि मात्र बोनस सेयर हितग्राही खातामा पठाइने जनाएको छ।

यस्तै, डिम्याट खाता नखोलेका सेयरधनीहरूले खाता खोलेपछि मात्रै बोनस सेयर पाउने व्यवस्था गरिएको छ। कम्पनीले सेयरधनीहरूलाई समयमै डिम्याट खाता खोल्न र कर्जाको प्रक्रिया टुंग्याउन आग्रह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको