Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, १० : ३८ मा प्रकाशित

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक सेयरधनीलेहरुको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न सक्नेछन्।

सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ३२४ रुपैयाँ तोकिएको छ। इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपा–१३ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएको खण्डमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको