Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको संस्थापक समूहका ५० हजार १९ कित्ता सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १५ पुस २०८१, ०९ : १२ मा प्रकाशित

कुमारी बैंकको संस्थापक समूहका ५० हजार १९ कित्ता सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक समूहका ५० हजार १९ कित्ता सेयर बिक्रीमा राखेको छ।

यो सेयर बिक्री प्रक्रिया केवल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र खुला गरिएको हो। बिक्री मूल्य भने बिक्रेताले तोकेको मूल्यमा निर्धारण हुनेछ, बैंकले जनाएको छ।

सेयर किन्न चाहने संस्थापक लगानीकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय, टंगालमा आवेदन दिनुपर्नेछ।

यदि तोकिएको समयावधिमा संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन प्राप्त नहुने स्थिति आउँछ भने, सो सेयर सर्वसाधारणलाई बिक्रीका लागि अघि बढाइने बैंकले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको