Like us!
Follow us!
Connect us!
Watch us!

समस्याग्रस्त नेपाल सेयर मार्केट्सको व्यवस्थापन सम्हाल्न ४ जनाको आवेदन स्वीकृत

अर्थ संसार

सोमबार, १५ पुस २०८१, ११ : ०१ मा प्रकाशित

समस्याग्रस्त नेपाल सेयर मार्केट्सको व्यवस्थापन सम्हाल्न ४ जनाको आवेदन स्वीकृत

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि ४ जनाको नाम स्वीकृत गरेको छ।

बैंकले प्रकाशन घिमिरे, कुमार अधिकारी, राम प्रताव यादव र राजेन्द्र प्रसाद तिम्सिनाको आवेदन स्वीकृत गरको हो ।

अब उनीहरुको व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण हुनेछ । त्यसका लागि चारै जनालाई राष्ट्र बैंकले पुस २१ देखि पुस २४ गतेसम्म फरक फरक मितिमा बोलाएको छ । त्यसपछि एक जना छनोट गर्नेछ ।

सो फाइनान्सको व्यवस्थापन समूहको सदस्य पद पदपूर्तिका लागि गर्न सिलसिलामा गत मंसिरमा सूचना प्रकाशित गरेको थियो । व्यवस्थापनका लागि उम्मेदवारले स्नातक उपाधि तथा लेखा सम्बन्धी १० वर्षको अनुभव, वा चार्टर्ड एकाउन्टेन्सी पास गरी पाँच वर्षको अनुभव आवश्यक पर्ने मापदण्ड तोकिएको थियो।

चयन गरिएका व्यक्तिले मासिक पारिश्रमिकको रूपमा कर कटौतीपछि १,०३,६०० प्राप्त गर्नेछन्। साथै, दशैं खर्च र १२ दिनको वार्षिक भैपरिआउने बिदा दिइनेछ। अन्य कुनै भत्ता भने उपलब्ध हुने छैन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको